धनुषाको औरही पुल बाढी कटानको कारण जोखिममा परेको छ। महेन्द्रनगर र शान्तिपुर जोड्ने सडकखण्डस्थित औरही खोलाको पुल बाढीको कटानले जोखिममा परेको हो। पुल नजिकको सडक कटान हुँदा त्यहाँ अहिले आवागमन ठप्प भएको छ। बाढीले सडकको करिब २० मिटर भाग बगाएको छ। प्रकाशित: असोज १९, २०८२ आइतबार ७:५० 258 Shares
प्रतिक्रिया