समाज


पुरानो २ तले घर भत्किँदा ६ वर्षीय बालकको मृत्यु

पुरानो २ तले घर भत्किँदा ६ वर्षीय बालकको मृत्यु

फाइल तस्बिर


नेपालखबर
साउन १५, २०८२ बिहिबार ८:४६, सर्लाही

सर्लाहीको चन्द्रनगर गाउँपालिका–६ कामद टोलमा घर भत्किँदा किचिएर एक बालकको मृत्यु भएको छ।

बुधबार स्थानीइ नवीन सिंहको पुरानो दुई तले पक्की घर अचानक भत्किँदा आँगनमा खेलिरहेका स्थानीय गौतम माझीका ६ वर्षीय छोरा अरुण माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राईले जानकारी दिए। 

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

काठ, इँटा र माटोले बनेको उक्त घर पुरानो भएर लडेको हुनसक्ने प्रहरीको अनुमान छ। मृत बालकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्वामा लगिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad