सर्लाहीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।
आइतबार साँझ कबिलासी नगरपालिका-५ घरदौली टोल बस्ने देव नारायण पासवानका दुई वर्षीय छोरा सुरज पासवानको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
बालक खेल्ने क्रममा घरबाट हराएका थिए। खोजी गर्ने क्रममा घरबाट झण्डै एकसय मिटर पश्चिममा रहेको बिन्देश्वर रायको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा बालकको शव फेला परेको हो।
बालकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
36
Shares

प्रतिक्रिया