समाज


पौडी सिक्न गएका ९ वर्षीय बालकको पोखरीमा डुबेर मृत्यु, प्रशिक्षक पक्राउ

पौडी सिक्न गएका ९ वर्षीय बालकको पोखरीमा डुबेर मृत्यु, प्रशिक्षक पक्राउ

फाइल तस्बिर


नेपालखबर
असार २६, २०८२ बिहिबार ११:४, पर्सा

पौडी खेल्ने कला सिक्न गएका पर्साका एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ। 

वीरगञ्जस्थित एक होटलको पौडी पोखरीमा तालिम गर्न गएका वीरगञ्ज महानगर-११ रानीघाटका नौ वर्षे  बालक बजरङ्गी रौनियारको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। 
 
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले होटलको तेस्रो तल्लामा रहेको स्वमिङ पुलमा डुबेर अचेत भएका बालकलाई उपचारकाे लागि नारायणी अस्पतालमा भर्ना गरिएको थियो। 

‘प्रशिक्षक र जीवन रक्षकलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको छ,’ एसपी मिश्रले भने, ‘अस्पतालले बुधबार बेलुका बालकको मृत्यु भएको  जानकारी दिएको हो। हामी थप अनुसन्धानमा छाैँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad