राजनीति


शेखर समूहको निष्कर्ष: सशक्त प्रतिरोध गर्ने, संस्थापन पक्षको कारबाही नमान्ने

शेखर समूहको निष्कर्ष: सशक्त प्रतिरोध गर्ने, संस्थापन पक्षको कारबाही नमान्ने

नेपालखबर
असार २६, २०८२ बिहिबार ११:२६, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले पार्टीको संस्थापन पक्षले गरेको अनुशासनको कारबाहीलाई अस्वीकार गर्ने निर्णय गरेको छ। 

आज बिहान नेता कोइरालाको सम्पर्क कार्यालयमा विशालनगरमा बसेको कोइराला समूहको बैठकले संस्थापन पक्षले अनुशासनको नाममा गरेको कारबाही पूर्वाग्रह प्रेरित रहेको निष्कर्ष निकालेको छ।

बैठकपछि नेता कोइरालाले संस्थापन पक्षले गरेको अनुशासनको कारबाही अवैधानिक भएको बताए। ‘कारबाही अवैधानिक छ। व्यक्तिहरु छानीछानी कारबाही गरिएको छ, यो अस्वीकार्य छ,’ कोइरालाले भने। 

आजको भेलाले केही समयपछि अर्को ठूलो भेला गर्ने निष्कर्ष निकालेको छ। हिजो पार्टी संस्थापन पक्षले गरेको कारबाहीकाे निर्णयलाई अस्वीकार गर्ने निर्णय पनि कोइराला पक्षले गरेको छ। 

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले कोइराला पक्षका नेताहरूलाई कारबाही गरेपछि नेता कोइरालाले आज आफ्नो सम्पर्क कार्यलयमा आफू पक्षीय नेताहरूको बैठक बोलाएका हुन्।

बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, अनुशासन समिति सदस्य संजय गौतम लगायत काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरु सहभागी थिए। बैठकमा कृषिमन्त्री रामनाथ अधिकारी र खेलकुदमन्त्री तेजुलाल चौधरी पनि सहभागी भएका थिए। 

कारबाहीमा परेका कसैलाई पनि अन्याय हुन नदिने र न्याय दिलाएरै छाड्ने निष्कर्ष बैठकले निकालेको छ। कारबाही पार्टी विधान बिपरित र एकातर्फी भएको ठहर पनि बैठकले गरेको छ। 

सभापति शेरबहादुर देउवालाई कारबाही प्रक्रिया अगाडि नबढाउन आग्रह गर्ने निष्कर्ष निकाल्दै बैठकले कारबाही निर्णयको राजनीति रुपमा शसक्त प्रतिरोध गर्ने निष्कर्ष पनि निकालेको छ। 

बैठकमा उपसभापति धनराज गुरुङले सभापति देउवा, उपसभापति र महामन्त्रीहरूकाबीचमा अहिले अनुशासन समितिको फाइल नचलाउने सहमती भएको तर हिजो अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले समितिमा छलफलै नगरी एक्कासि विज्ञप्ती निकालेर कारबाही गरेको जानकारी दिएको भन्दै असन्तुष्टि व्यक्त गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad