समाज


माइतीघरमा दृष्टिविहीनको धर्ना

माइतीघरमा दृष्टिविहीनको धर्ना

नेपालखबर
असार १९, २०८३ शुक्रबार १३:४१, काठमाडौँ

सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमुलक कार्य गर्दै आएका दृष्टिविहीनले शुक्रबार पनि काठमाडौँको माइतीघर मण्डलमा धर्ना दिएका छन्। 

उनीहरू माइतीघरमा धर्ना दिन थालेको १२ दिन पुगेको छ। उनीहरूले सरकारविरुद्ध प्रदर्शन पनि जारी राखेका छन्। 

सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमुलक कार्य गर्दै आएका दृष्टिविहीनले सरकारले व्यवसाय गर्न नदिएको बताएका छन्। दृष्टिविहीनको सम्मानजनक रुपमा व्यवस्थापन गर्नुपर्ने, योग्यता, क्षमता र अनुभवका आधारमा रोजगारीको अवसर उपलब्ध गराउनुपर्ने माग गरेका छन्। 

त्यो सम्भव नभएसम्म हाल गर्दै आएको स्वरोजगार तथा सडक संगीतजस्ता पेशा निर्वाध रूपमा गर्न दिनुपर्ने उनीहरूले माग गरेका छन्। यससँगै सामाजिक सुरक्षा भत्तामा वृद्धि गर्नुपर्ने पनि उनीहरूको माग छ। 

उनीहरूले माग पूरा नभएसम्म आन्दोलनलाई जारी राख्ने बताएका छन्। हरेक दिन माइतीघर पुगेर धर्नामा बस्दै आएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad