समाज


एउटा शवको सनाखत, ५-६ जना यात्रीको अवस्था अझै अज्ञात

एउटा शवको सनाखत, ५-६ जना यात्रीको अवस्था अझै अज्ञात

मृत भएका जेखे तिरुवा र गाडी खसेको स्थान।


दिनेश बुढा
असार १९, २०८३ शुक्रबार ११:३८, काठमाडौँ

बुधबार दिउँसो दैलेखमा भएको गाडी दुर्घटनामा ज्यान गुमाएका एक यात्रुको सनाखत भएको छ। 

कर्णाली नदीमा बेपत्ता अन्य यात्रुको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुष्पराज रोकायाले जानकारी दिए। 

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ अन्तर्गत कर्णाली राजमार्गको साङ्गेतडा नजिकबाट कप्र ०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी बिहीबार दिउँसो कर्णाली नदीमा खसेको थियो। 

उक्त गाडीमा सवार एक यात्रुको शव हिजै भेटिए पनि सनाखत आज मात्रै भएको हो। 

सनाखत हुने मृतक कालीकोटको पचाल झरना गाउँपालिका- ९ निवासी ४५ वर्षीय जेखे तिरुवा रहेका खुलेको छ। उनको शव पोस्टमार्टमका लागि नगर अस्पताल दैलेखको दुल्लुमा राखिएको छ। 

घटनास्थलमा मृत भेटिएका कालीकोटको पचाल झरना गाउँपालिका- ९ निवासी ४५ वर्षीय जेखे।

दुर्घटनामा परेको गाडीमा कति सवार थिए, अझै यकिन भएको छैन। तर, गाडीमा चालकसहित ५/६ जना यात्रु रहेको अनुमान प्रहरीले गरेको छ। अन्य यात्रुको अवस्था तथा विवरण खुल्न बाँकी रहेको र खोजी तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटना स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरीको गोताखोर, नेपाली सेना र स्थानीयवासीले अहिले पनि खोजी जारी राखेका छन्। 

घटनास्थलमा सशस्त्र प्रहरीका ६ जना तालिमप्राप्त गोताखोर परिचालन गरिएको छ। 

बिहीबार बिहान साढे ११ बजेतिर सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको गाडी सडकबाट करिब चार-पाँच सय मिटर तल कर्णाली नदीमा खसेको हो। 

दुर्घटनास्थल दैलेख सदरमुकामबाट करिब ५० किलोमिटर पश्चिममा पर्छ। 

कर्णालीको पानी यतिबेला धमिलो छ। नदीमा बाढी पनि आएकाले बेपत्ता यात्री र गाडीको खोजी कार्य प्रभावकारी हुन नसकेको प्रहरीले जनाएको छ। एक यात्रीको शव भने भिरमा भेटिएको हो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad