समाज


गर्मी नघटेपछि वीरगन्जमा थप ६ दिन विद्यालय बन्द

गर्मी नघटेपछि वीरगन्जमा थप ६ दिन विद्यालय बन्द

फाइल तस्बिर


नेपालखबर
असार १, २०८२ आइतबार ५:४८, पर्सा

वीरगन्ज महानगरपालिकाले अत्यधिक बढेको गर्मी नघटेपछि पुनः ६ दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। 

महानगरपालिकाले यसअघि यही जेठ २९ र ३० गते दुई दिन गर्मी बिदा दिने निर्णय गरेको थियो। सो बिदा सकिए पनि यहाँको तापक्रम नघटेपछि असार १ देखि ६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो। 

वीरगन्ज महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले विगत केही दिनदेखिको बढ्दो गर्मीलाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असर न्यूनीकरण गर्न असार १ देखि ६ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन स्थगित गर्ने निर्णय भएको बताए। 

‘वर्खे सट्टे बिदाबाट मिलान हुने गरी सो बिदा दिइएको हो’, उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad