धनुषाको जनकपुरमा दुई साँढेको जुधाइमा परेर गम्भीर घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर- ७ का ५० वर्षीय सत्तार राइन रहेका जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए।
सोमबार साँझ जनकपुर उपमहानगरपालिका- ६ स्थित सडकमा उनी मधेश प्र ०२–००७ प ९२६६ नम्बरको स्कुटरसहित जुधिरहेका साँढेमा ठोक्किएका थिए।
132
Shares

प्रतिक्रिया