राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी संसदीय दलको बैठक बोलाएको छ।
मंगलबार बिहान साढे १० बजे संसदीय दलको कार्यालयमा बैठक बस्ने राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जानकारी दिए।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र भिजिट भिसा प्रकरणका सम्बन्धमा छलफल हुने उनले बताएका छन्।
आज प्रतिनिधिसभाको पनि बैठक बस्दैछ। बैठकमा भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने तयारी विपक्षी दलहरूले गरिरहेका छन्।
राप्रपाले यही जेठ १५ गतेदेखि राजसंस्था पुनस्र्थापनाको लागि भन्दै अनिश्चितकालीन आन्दोलन पनि घोषणा गरेको छ।
291
Shares

प्रतिक्रिया