समाज


दाइजोमा सुनको सिक्री नपाएपछि बेहुली छाडेर हिँड्ने बेहुलासहित ५ जनालाई कैद सजाय

दाइजोमा लिएको नगद पाँच लाख ६५ हजार पनि फिर्ता गर्न अदालतको आदेश
दाइजोमा सुनको सिक्री नपाएपछि बेहुली छाडेर हिँड्ने बेहुलासहित ५ जनालाई कैद सजाय

फाइल तस्बिर


नेपालखबर
बैशाख ११, २०८२ बिहिबार ९:६, काठमाडौँ

दाइजोमा सुनको सिक्री नपाएको भन्दै विवाह मण्डपबाटै हिँड्ने बेहुलासहित पाँच जनालाई पर्सा जिल्ला अदालतले कैद जरिबानासहितको फैसला गरेको छ। 

पर्सा जिल्ला अदालतले बाराको कलैया उपमहानगरपालिका- ४ सिनेमा चोक निवासी उमेश साह र उनका बुवा बच्चालाल साहलाई दाइजोमा लिएको नगद रकम पनि फिर्ता गर्न आदेश दिएको छ।

२०८० फागुन २८ गते वीरगन्ज महानगरपालिका–२४ रमगढवामा बेहुलीको घरआँगनमा वैवाहिक समारोह चलिरहँदा दाइजोमो सुनको सिक्री नभएको भन्दै उमेश साह मण्डप छाडेर हिँडेका थिए। 

त्यतिबेला विवादको क्रममा बेहुला र बेहुली पक्षबीच कुटाकुटसमेत भएको थियो। घटना लगत्तै पक्राउ परेका बेहुला, उनका बुवा, दुईजना दाजु र भिनाजुलाई प्रहरीले कैदसहित जरिवाना हुने  फैसला गरेको हो।  

बेहुला उमेश, उनका बुवा ६० वर्षीय बच्चालाल, दाजुहरू राकेशकुमार साह, मुकेशकुमार साह र बेहुलाका भिनाजु बाराकै परवानीपुर गाउँपालिका–५ निवासी रामएकबाल साहलाई अदालतले कैदसहित जरिवानाको फैसला गरेको हो।

गएको मंगलबार पर्सा जिल्ला अदालतका न्यायाधीश मोहन सुवेदीको एकल इजलासले बेहुलासहित पाँचै जनालाई विवाहसम्बन्धी कसुरमा जनही पाँच/पाँच हजार रुपैयाँ जरिबाना र छ/छ महिना कैद सजाय हुने फैसला सुनाएको हो।

बेहुला पक्षले दाइजोमा लिएको नगद पाँच लाख ६५ हजार रुपियाँ फिर्ता दिन पनि अदालतले भनेको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad