समाज


स्कुटर दुर्घटना हुँदा सामुदायिक विद्यालयका शिक्षकको मृत्यु

स्कुटरलाई ठक्कर दिएको आशंकामा एउटा गाडी नियन्त्रण
स्कुटर दुर्घटना हुँदा सामुदायिक विद्यालयका शिक्षकको मृत्यु

नेपालखबर
माघ ३०, २०८१ बुधबार १०:२, जनकपुरधाम

धनुषाको मिथिलामा स्कुटर दुर्घटना हुँदा एकजना शिक्षकको मृत्यु भएको छ। 

मधेस प्रदेश ०२-००७ प ५०२० नम्बरको स्कुटर दुर्घटना हुँदा मिथिला नगरपालिका–४ पुष्पलपुर घर भएका पूर्णबहादुर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 

विश्वकर्मा स्थानीय राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक थिए। 

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहका अनुसार सोमबार राति जनकपुरबाट ढल्केबरतर्फ आउँदै गर्दा मिथिला नगरपालिका–२, नक्टाझिजमा उनी दुर्घटनामा परेका प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते विश्वकर्माको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो।

शिक्षक विश्वकर्मा सवार स्कुटरलाई ठक्कर दिएको आशंकामा प्रहरीले बा. १८ च. ८७६८ नम्बरको स्कोर्पिओ गाडी नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad