समाज


महोत्तरीमा डाका समूहद्वारा ७० वर्षीय वृद्धको हत्या

महोत्तरीमा डाका समूहद्वारा ७० वर्षीय वृद्धको हत्या

नेपालखबर
पुस ७, २०८१ आइतबार १४:४, महाेत्तरी

महोत्तरीमा डाका समूहको आक्रमणबाट ७० वर्षीय वृद्धको मृत्यु भएको छ। 

शनिबार डाका समूहले घरमै प्रवेश गरेर आक्रमण गर्दा मनरासिस्वा नगरपालिका–४ साँढा टोल निवासी ७० वर्षीय सुशिला झाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। 

डीएसपी सन्तु जैसवालका अनुसार शनिबार राति रड र धारिलो हतियार लिएर घर प्रवेश गरेको समूहले झामाथि आक्रमण गरेका थिए। रडले प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

लुटेरामध्ये चार जना छिमेकीको घरतर्फ रहेको आँपको रुख चढेर छतबाट हामफाली एक्कासि घरभित्र प्रवेश गरेर वृद्धमाथि आक्रमण गरेका प्रत्यक्षदर्शीले बताएका छन्। 

त्यसक्रममा उनीहरुले सुनका गहना र एक लाख भारतीय रुपैयाँसमेत लुटेर लगेका छन्। प्रहरीले घटनाको अनुसन्धान अघि बढाइएको जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad