समाज


सर्लाहीमा लक्ष्मीपूजाको लागि बत्ती जडान गर्दा करेन्ट लागेर युवकको मृत्यु

सर्लाहीमा लक्ष्मीपूजाको लागि बत्ती जडान गर्दा करेन्ट लागेर युवकको मृत्यु

नेपालखबर
कात्तिक १६, २०८१ शुक्रबार ८:२८, सर्लाही

सर्लाहीमा लक्ष्मीपूजाको लागि बिजुली बत्ती जडान गर्दा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। 

धनकौल गाउँपालिका- २ का ३५ वर्षीय जितेन्द्र सिंहको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

बिहीबार साँझ घरको छतमा तार जोड्नेक्रममा करेन्ट लागेर सिंह गम्भीर घाइते भएका थिए। 

उनलाई प्रादेशिक अस्पताल मलंगवामा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुर लगिएको थियो। अस्पताल पुर्याउँनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका एसपी रविन्द्रबहादुर सिंहले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad