समाज


तास खेलिरहेका ३७ जना पक्राउ, साढे ४ लाख नगद पनि बरामद

तास खेलिरहेका ३७ जना पक्राउ, साढे ४ लाख नगद पनि बरामद

फाइल तस्बिर


नेपालखबर
कात्तिक १६, २०८१ शुक्रबार ८:४४, कञ्चनपुर

कैलाली र डडेल्धुरामा तास खेलिरहेको अवस्थामा प्रहरीले ३७ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई साढे चार लाख भन्दा धेरै रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कैलालीको घोडाघोडी नगरपालिका–६ अस्नारास्थित कुखुरा फर्मबाट तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका हुन्।

प्रहरीले उनीहरुको साथबाट २६ हजार ४ सय २० रुपैयाँ र एक गड्डी तास पनि बरामद गरेको छ।
 
त्यसैगरी डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ गोयलखेतमा तास खेलिरहेका २८ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार उनीहरुलाई ४ लाख ४१ हजार ८ सय ६९ रुपैयाँ र १६ गड्डी ताससहित पक्राउ गरिएको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad