ad ad

समाज


किशोरीलाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा युवक पक्राउ

किशोरीलाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा युवक पक्राउ

नेपालखबर
साउन २९, २०८१ मंगलबार १२:४९, सिराहा

एक किशोरीलाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा सिराहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।  

१५ वर्षीया किशोरीलाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा २२ वर्षीय युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। 

घटनापश्चात फरार रहेका कर्जन्हा नगरपालिका- ४ बडहराका २२ वर्षीय शुशिल सदायलाई विशेष सूचनाको आधारमा आफ्नै घरबाट पक्राउ गरिएको सिराहाका एसपी रमेश पण्डितले जानकारी दिए। 

केही दिनअघि उनले किशोरीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोप छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बन्दिपुरबाट गएको प्रहरीले युवकलाई पक्राउ गरेको हो। 

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरुले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .