ad ad

समाज


हुण्डरीले उडाएको जस्ताले लागेर पर्सामा १०७ वर्षका वृद्धको मृत्यु

हुण्डरीले उडाएको जस्ताले लागेर पर्सामा १०७ वर्षका वृद्धको मृत्यु

नेपालखबर
जेठ १८, २०८१ शुक्रबार १०:४, वीरगन्ज

पर्सामा हुण्डरीले उडाएर ल्याएको जस्ताले लागेर एक सय सात वर्षका एक वृद्धको मृत्यु भएको छ।

विन्ध्वासिनी गाउँपालिका–२ का गुबेरी साहको बिहीबार साँझ छिमेकीको घरबाट हुण्डरीले उडाएर ल्याएको जस्ताले लागेर मृत्यु भएको हो। घरमा बसिरहेको बेला  धारिलो जस्ताले लाग्दा उनी गम्भीर घाइते भएका थिए। 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेका अनुसार उपचारका लागि बाराको नौतनस्थित एलएस न्युरो अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो।  

यसैबीच बिहीबार साँझ आएको हुण्डरीले पर्साको बहुदरमाई गाउँपालिका–७ बहुवनमा रहेको एनसेलको टावर ढल्दा एकजना घाइते भएका छन्। घाइते हुनेमा ६० वर्षीय जोगेन्द्र महतो छन्। 

उनी वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भएर अहिले डिस्चार्ज भइसकेका छन्। 

सोही गाउँपालिकामा हुरीबतासका कारण चारवटा बाख्रा पनि मरेका छन्। हुरीबतासले पर्सामा केही प्रहरी बिटका छानोसमेत उडाएको छ। जिल्लामा हुरीका कारणले भएको क्षतिको विवरण सङ्कलन जारी रहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .