ad ad

ग्लोबल


बलात्कार आरोप लागेका लोकसभा उम्मेदवार रेवन्ना जर्मनीबाट भारत फर्किनासाथ गिरफ्तार

बलात्कार आरोप लागेका लोकसभा उम्मेदवार रेवन्ना जर्मनीबाट भारत फर्किनासाथ गिरफ्तार

नेपालखबर
जेठ १८, २०८१ शुक्रबार १०:१०, काठमाडौँ

भारतका पूर्वप्रधानमन्त्री एचडी देवगौडाका नाति तथा कर्नाटकको लोकसभा निर्वाचन क्षेत्रका उम्मेदवार प्रज्वल रेवन्ना बलात्कार आरोपमा पक्राउ परेका छन्। 

बिहीबार राति जर्मनीबाट स्वदेश (बेंगलुरु) फर्किनासाथ उनी पक्राउ परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

फाइल तस्बिर : प्रज्वल रेवन्ना

उनीविरुद्ध धेरै जना महिलालाई यौन उत्पीडन गरेको आरोप छ। 

यहीबीच गत महिना कर्नाटकको हसन सिटको मतदानको दोस्रो दिन उनी जर्मनी गएका थिए।

त्यहाँबाट राति भारत आइपुग्नासाथ उनलाई प्रहरीले गिरफ्तार गरेको हो। 

समाचार एजेन्सी एएनआईका अनुसार प्रहरीले प्रज्वल रेवन्नालाई अदालतमा पेस गर्नुअघि उनको मेडिकल जाँच गराएको छ। 

बेपत्ता भएको एक महिनापछि रेवन्नाले भिडिओ सन्देशमार्फत आफू मे ३१ मे अनुसन्धान गरिरहेको एसआईटीसमक्ष आफैँ उपस्थित हुने बताएका थिए।

महिलालाई यौन उत्पीडन गरेका भिडिओ क्लिप्स सार्वजनिक भएपछि रेवन्नाविरुद्ध धेरै जना पीडित महिलाले प्रहरीमा जाहेरी दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .