ad ad

समाज


लालबन्दीका तीन विपन्न परिवारले पाए पक्की घर

लालबन्दीका तीन विपन्न परिवारले पाए पक्की घर

भवन हस्तान्तरण गर्दै मधेस प्रदेश सरकारकी श्रम तथा यातायातमन्त्री बेची लुंगेली


नेपालखबर
बैशाख ३०, २०८१ आइतबार ११:३१, सर्लाही

सर्लाहीको लालबन्दीका तीनजना विपन्न परिवारले पक्की घर पाएका छन्। 

मधेस प्रदेश सरकारकी श्रम तथा यातायातमन्त्री बेची लुंगेलीले शनिबार एक कार्यक्रमकाबीच लालबन्दी-५ मा दुई तथा लालबन्दी- १० मा एक गरी तीनवटा नवनिर्मित भवन विपन्त परिवारलाई हस्तान्तरण गरेकी हुन्। 

महेन्द्र नारायण निधी आवास कार्यक्रम अन्तर्गत पक्की भवन पाएपछि- ५ नम्बर वडाका हरि धमला र मैति देवी मोक्तान खुसी भएका छन्। 

त्यसैगरी लालबन्दी- १० का गणेश बहादुर मिरिङचिङले पनि नयाँ भवन पाएका छन्। सरकारले भवन निर्माण गरिदिएपछि आफूहरुलाई ठूलो सहयोग भएको मोक्तानले बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .