ad ad

कारोबार


घरजग्गा कारोबार कम्पनीमार्फत गर्नुपर्छ : अध्यक्ष लोहनी

घरजग्गा कारोबार कम्पनीमार्फत गर्नुपर्छ : अध्यक्ष लोहनी

नेपालखबर
बैशाख ३०, २०८१ आइतबार ११:५०, काठमाडौँ

नेपाल घर जग्गा तथा आवासीय विकास महासंघका अध्यक्ष भेषराज लोहनीले घरजग्गा व्यवसायीहरुले व्यक्तिगत कारोबार भन्दा पनि कम्पनीमार्फत् गर्न आवश्यक रहेको बताएका छन्। 

कास्की घरजग्गा तथा आवासीय विकास संघको वार्षिक साधरण सभामा बोल्दै उनले व्यक्तिगत रुपमा घरजग्गाको कारोबार गर्दा घरजग्गा व्यवसायीहरूलाई हेर्ने दृष्टिकोण नकारात्मक भएको भन्दै संयुक्त कम्पनीमार्फत ठूला आयोजनाहरुमा काम गर्ने वातावरण व्यवसायीहरूले बनाउन आवश्यक देखिएको उल्लेख गरे। 

‘ल्याण्ड पुलिङ सरकारले निजी क्षेत्रको लागि ढोका खोल्नुपर्छ। सरकारले ७५३ स्थानीय तहमा ल्याण्ड उपभोग पोलिसी लागू भइसकेको छ। उहाँहरूले आवासीय क्षेत्रहरुको वर्गीकरण गर्छ। त्यसको स्थानीय सरकारले गुरुयोजना बनाओस्। गुरुयोजनामा विल्डिङ गर्नुपर्‍यो,’ उनले भने, ‘टाउनप्लानिङ बनाउनुपर्छ। खुद्रे आयोजनाहरू होइन। घरजग्गा व्यवसायीले साना योजना गर्नुको सट्टा धेरै जना मिलेर कम्पनी बनाउने र  साना कम्पनीहरु मर्ज भएर ठूला पुँजी भएका कम्पनीहरु बनाउनुपर्छ।’

सरकारले व्यवस्थित र पारदर्शी घरजग्गा कारोबार बनाउनको लागि ल्याण्ड पुलिङको ढोका खोल्न आवश्यक रहेको उनले बताए। उनले  ७५३ स्थानीय तहमा ल्याण्ड उपभोग नीति लागू भएकाले त्यहीअनुसार स्थानीय तहहरुले पनि शहर बनाउने गुरुयोजना बनाउनुपर्ने पनि बताए। 

स्थानीय तहहरूले बनाएको योजनामा निजी क्षेत्रले कम्पनीमार्फत काम गर्दा व्यवस्थित शहर बनाउन सकिने पनि बताए। 

‘विश्वमा रियल स्टेट व्यवसायीहरु भनेका धनाढ्यहरुले मात्रै बन्ने परिस्थिति बन्छ। तर नेपालमा त्यति ठूलो पुँजी छैन। नेपाली व्यवसायीहरूले छरिएको पुँजीबाट व्यक्तिगत कारोबार गर्ने होइन। संयुक्त कम्पनीको रुपमा काम गर्नु आवश्यक छ। त्यसको लागि व्यवसायीहरु पनि लाग्नुपर्छ र व्यवस्थित सहर बनाउनुपर्छ। त्यसको लागि सरकारले ल्याण्ड पुलिङ खुला गर्नुपर्छ। त्यसको लागि शहरी ऐन बनाउन आवश्यक रहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .