बालश्रमको लागि भारतको मुम्बइ पुगेका ८ बालकको बारा प्रहरीले उद्धार गरेको छ।
विभिन्न मितिमा भारतको मुम्बई पुगेर बालश्रम गर्दै आएका बाराका ७ र कपिलबस्तुका १ बालकको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जानाएको छ।
बाराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेका अनुसार उद्धार गरिका बालक १३ देखि १७ वर्ष उमेर समूहका छन्।
प्रहरीले उनीहरुलाई आफन्तको जिम्मा लगाएर घर पठाएको छ।
बाल कल्याण समिति, बाल हेल्फलाइन लगायतका संघसंस्थाको सम्वयमा ती बालकको उद्धार गरिएको डीएसपी न्यानेले बताए।
प्रतिक्रिया