समाज


दुई पांग्रेको पछाडि बस्नेलाई पनि हेलमेट अनिवार्य बनाउन सुझाव

दुई पांग्रेको पछाडि बस्नेलाई पनि हेलमेट अनिवार्य बनाउन सुझाव

नेपालखबर
चैत २, २०८० शुक्रबार १३:१३, काठमाडौँ

अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा )ले दुई पांग्रे सवारी साधन मोटरसाइकल र स्कुटीको पछाडि बस्नेले पनि हेलमेट लगाउनु पर्ने नियम लागु गर्न सुझाव दिएको छ।

बिहीबार उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँग भेट गर्दे नाडाका अधिकारीहरूले दुई पांग्रेका चालक र यात्रुले पनि हेलमेट लगाउनुपर्नेसहित २६ वटा सुझाव दिएका हुन्।

नाडाका अध्यक्ष करण चौधरी नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री महासेठसँग ती माग राखेको हो। उता मन्त्री महासेठले सवारी साधनको सिसीका आधारमा इम्बोस्ड नम्बरप्लेट जारी गर्न सकिने बताएका छन्।

मन्त्री महासेठले प्रदेश तहका समस्याहरू भएमा उनीहरूलाई नै सुझाव दिन सक्ने पनि बताएका छन्।

महासेठले सेवाग्राहीलाई दिनुपर्ने सुविधाबारे चासो राख्दै नाडाका सुझाव कार्यान्वयनकाा लागि आवश्यक पहल गरिने जवाफ दिए।

नाडाले सडक मर्मतसम्भार दस्तुर, सवारी साधन कर, अटोमोबाइल कम्पनी दर्ता प्रक्रिया र लाइसेन्स वितरणलाई सहज बनाउनुपर्ने सुझाव मन्त्रीसमक्ष राखेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .