समाज


पहिरो हटाएर राति नै एम्बुलेन्ससहितका सवारी साधनलाई तुइनखोला पार गराइयो

पहिरो हटाएर राति नै एम्बुलेन्ससहितका सवारी साधनलाई तुइनखोला पार गराइयो

नेपालखबर
असार ३०, २०८३ मंगलबार ४:५८, काठमाडौँ

मुग्लिन-नारायगढ सडक खण्डको तुइन खोलामा खसेको पहिरो हराटार गएराति नै एम्बुलेन्सहितका सवारी साधनलाई गन्तव्यमा पठाइएको छ। 

चितवनको इच्छाकामना गाउँपालिकास्थित मुग्लिन-नारायणगढ सडक खण्डको तुइन खोलामा ढुंगासहितको लेदो खस्दा सोमबार साँझदेखि यातायात अवरुद्ध थियो। 

गएराति साढे १० बजे तुइनखोला क्षेत्रको पहिरो हटाएर बिचबाटोमा अलपत्र परेका सवारी साधनसहित एम्बुलेन्सलाई गन्तव्यमा पठाइएको सडक डिभिजन कार्यालय भरतपुरका सडक सुपरभाइजर शुक बहादुर गुरूङले जानकारी दिए। 

पहिरोको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय, चितवनले अहिले कुनै पनि थप सवारीसाधनहरूलाई अर्को सूचना जारि नहुन्जेलसम्म आवागमनमा रोक लगाएको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad