समाज


साढे १८ लाख नक्कली नोटसहित रौतहटबाट २५ वर्षीय युवक पक्राउ

साढे १८ लाख नक्कली नोटसहित रौतहटबाट २५ वर्षीय युवक पक्राउ

नेपालखबर
पुस २०, २०८० शुक्रबार १०:७, राैतहट

प्रहरीले रौतहटबाट साढे १८ लाख रुपैयाँ नक्कली नोटसहित एक युवकलाई पक्राउ गरेको छ।

रौतहटको देवाही गोनाही नगरपालिका–८ पटेल चोकबाट रौतहटकै गुजरा नगरपालिका ५ हरिहरपुरका २५ वर्षीय सन्दीप जयसवाल पक्राउ परेका हुन्। 

उनको साथबाट १८ लाख ४३ हजार रुपैयाँ नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटकी डीएसपी एलिजा गिरीले जानकारी दिइन्। 

उनको साथबाट नक्कली नोटसँगै विभन्नि बैँकका पाँच थान एटीएम कार्ड, १६ लाख ६५ हजार उल्लेख भएको विभिन्न बैंकका तीन थान चेक, एक थान मोवाइल बरामद गरिएको प्रहरीले जनाएको छ। 

जयसवालको साथबाट १ हजार दरका नक्कली नोट १८ सय ४३ थान बरामद भएको डीएसपी गिरीले बताइन् ।

नक्कली नोटसहित पक्राउ परेका जयसवाललाई मुद्रासम्बन्धी कसुरअन्तर्गत आवश्यक अनुसन्धान तथा कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ।

यसअघि रौतहट प्रहरीले रौतहटकै गरुढा नगरपालिका ५ स्थित शिवनगर मेलाबाट भारतीय नोटसहित चार जना, गरुडा नगरपालिका ४ बाट १ हजार दरका ७ थान नक्कली नोटसहित ३ जना र बालचनपुरबाट १ हजार दरका २० थान नक्कली नोटसहित १ जनालाई पक्राउ गरेको थियो।

पक्राउ परेका सबैलाई मुद्रा सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान तथा कारवाही अगाडी बढाइएको प्रहरीले जनाएको छ। 

‘यस्ता गतिबिधि भविष्यमा हुन नपाउने आवस्था सृजना गर्नको लागि सूचना दिने तथा प्रहरी अनुसन्धान तथा कारवाहीमा साथ सहयोग गर्ने सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दछौँ,’ डीएसपी गिरीले भनिन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad