भूमिहीन तथा सुकुम्वासीहरुले राष्ट्रिय भूमि आयोग धनुषामा तालाबन्दी गरेका छन्।
चुरे तथा वनजंगल संरक्षण अभियानीहरुको अगुवाइमा भएरहेको आन्दोलनका सहभागीले ताला लगाएका हुन्।
जनआवाज अभियानका धनुषा जिल्ला संयोजक जुग आति यादवको नेतृत्वमा पुगेको टोलीले जनकपुरधामस्थित आयोगको कार्यालयमा तालाबन्दी गरेको होश्र
भूमिहीनलाई जग्गा र ऐलानी जग्गामा बस्नेलाई लालपूर्जा उपलब्ध गराउन आयोग बने पनि त्यसमा चासो नदेखाएप्छि बाध्य भएर तालाबन्दी गरेको अभियानका संयोजक यादवले बताए।
उनले आफूहरु फागुन ११ गतेदेखि नै जनकपुरधामस्थित जनकचोकमा धर्नामा बस्दा पनि आयोगले अहिलेसम्म चासो नदिएको गुनासो समेत गरे।
‘भूमिहीन सुकुम्वासीहरु आफ्नो अधिकारका लागि १९ दिनदेखि निरन्तर २४ घण्टे धर्नामा बसेका छन्, यतिका दिनसम्म कसैले चासो देखाएका छैनन्’, उनले भने।
फागुन ३०, २०७९, मंगलबार
प्रतिक्रिया