काठमाडौँ उपत्यकाको मौसम आज (शुक्रबार) बिहानैदेखि बदली भएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौँ उपत्यकाको आकाशमा रातिदेखि नै बादल छ।
‘तर यो बिस्तारै हट्ने क्रममा देखिन्छ। तत्काल वर्षाको सम्भावना खासै देखिन्न। बिचमा केही समय घाम पनि लाग्ने सम्भावना छ’, उनले नेपालखबरसँग भने, ‘तर अपराह्नतिर फेरि बादल बढ्दै गएर मध्यमसम्म वर्षा हुने देखिन्छ।’
हाल मनसुनको न्यूनचापीय रेखा नेपाल नजिक नरहेकाले, सरदर स्थानमा रहेकाले त्यस्तो धेरै वर्षाको सम्भावना नदेखिएको मौसमविद् अधिकारीले बताए।
‘हाल विशेषगरी पहाडी भूभाग र पूर्वी तराईभन्दा पश्चिम तराईतिर वर्षाको सम्भावना अलि बढी देखिएको छ’, उनले भने।
देशभरको मौसम र वर्षाबारे भने मौसम महाशाखाले अहिले बिहान ८ बजे अद्यावधिक र विस्तृत बुलेटिन जारी गर्नेछ।
Shares

प्रतिक्रिया