समाज


आफ्नै बुवा र दिदीले निर्घात कुट्दा पाल्पामा एक युवकको मृत्यु

आफ्नै बुवा र दिदीले निर्घात कुट्दा पाल्पामा एक युवकको मृत्यु

नेपालखबर
फागुन २०, २०८१ मंगलबार १२:३४, पाल्पा

पाल्पामा आफ्नै बुवा र दिदीको कुटपिटबाट एक युवकको मृत्यु भएको छ।

आफन्तकै कुटपिटबाट बगनासकाली गाउँपालिका–२ पोखराथोकका ३९ वर्षीय यज्ञबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। 

उनलाई यही फागुन १५ गते ६३ वर्षका बुवा शेरबहादुर र ४५ वर्षकी दिदी देवी कुमालले निर्घात कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुनिल मल्लले जानकारी दिए। 

‘घरायसी विवादमा उनीहरुले यज्ञबहादुरलाई कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,’ मल्लले नेपालखबरसँग भने, ‘बाबुछोराबीच छुट्टाभिन्न भइसकेको रहेछ। घरायसी विवादमा बुवा र दिदीले कुटपिट गर्दा उनको मृत्यु भएको देखिन्छ।’

बुवा र दिदीको कुटाइबाट बेहोस भएका यज्ञबहादुरलाई श्रीमतीले उपचारका लागि तानसेनस्थित मिसन अस्पताल पुर्‍याएकी थिइन्। अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा थिए। 

यज्ञबहादुरको हत्या आरोपमा बुवा र दिदीलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ। उनीहरुलाई जिल्ला अदालत पाल्पाबाट पाँच दिनको म्याथ थप गरेर अनुसन्धान भइरहेको डीएसपी मल्लले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad