समाज


तीव्र गतिको मोटरसाइकल सडक पेटीमा ठोकिँदा २८ वर्षका युवकको मृत्यु, अर्का गम्भीर घाइते

तीव्र गतिको मोटरसाइकल सडक पेटीमा ठोकिँदा २८ वर्षका युवकको मृत्यु, अर्का गम्भीर घाइते

नेपालखबर
माघ १९, २०८१ शनिबार ५:५५, काठमाडौँ

नवलपरासी पश्चिममा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का युवक गम्भीर घाइते भएका छन्। 

गएराति सरावल  गाउँपालिका १ सालबासस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नं. ३-०२-००६ प ९८३६ को मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार एक युवकको मृत्यु भएको हो। 

मृत्यु हुनेमा रुपन्देहीको शुद्धोधन गाउँपालिका अमहवा बस्ने २८ वर्षीय कमल परियार रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डीएसपी रेशम बोहराले जानकारी दिए। परियार मोटरसाइकलको पछाडि सवार थिए। 

दुर्घटनामा मोटरसाइकल चालक नुवाकोटको लिखु गाउँपालिका- ३ घर भएका २९ वर्षीय गोपाल लोहनी गम्भीर घाइते भएका छन्। उनले लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ। 

तीव्र गतिमा रहेको मोटरसाइकल सडकको बीचमा रहेको पेटीमा ठोकिँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका दुवै युवकलाई तत्कालै उपचारको लागि लुम्बिनी सिटी अस्पताल लगिएको थियो। उपचारकै क्रममा परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। 

घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी बोहोराले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad