समाज


कस्तो होला आज देशभरको मौसम?

कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिमको मौसम बदली
कस्तो होला आज देशभरको मौसम?

फाइल तस्बिर


नेपालखबर
माघ १९, २०८१ शनिबार ६:४१, काठमाडौँ

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

यतिबेला (शनिबार बिहान) कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चीम प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका धेरै स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ।

देशको बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा भनिएको छ, ‘बिहानको समयमा तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’

चार प्रदेशको मौसम बदली भए पनि आज पानी पर्ने सम्भावना भने कतै नरहेको महाशाखाले जनाएको छ। 

कस्तो रहला अबको तीनदिन देशभरको मौसम?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad