ad ad

समाज


जापानिज इन्सेफ्लाइटिसबाट कपिलवस्तुमा १७ वर्षीय किशोरको मृत्यु

जापानिज इन्सेफ्लाइटिसबाट कपिलवस्तुमा १७ वर्षीय किशोरको मृत्यु

नेपालखबर
भदौ २७, २०८१ बिहिबार ८:३२, कपिलवस्तु

कपिलवस्तुमा जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट १७ वर्षीय किशोरको मृत्यु भएको छ। 

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारीअनुसार जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट विजयनगर गाउँपालिका–२ लोहरौलाका रामसहाय चौधरीका १७ वर्षीय छोरा गुरुप्रसाद थारूको मृत्यु भएको हो। 

थारूको उपचारको क्रममा काठमाडौँस्थित न्युरो अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख नारायणप्रसाद चौधरीले जानकारी दिए। 

दुई साताअघि उच्च ज्वरो आएपछि उनलाई सुरुमा उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो। 

अवस्था गम्भीर बन्दै गएपछि उनलाई थप उपचारका लागि न्युरो अस्पताल लगिएको थियो। तीन दिन न्युरोमा उपचार गरेपछि किशोरको मृत्यु भएको हो। 

यसअघि कैलामा २ र नवलपरासीमा १ जनाकाे जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भइसकेकाे छ।

कपिलवस्तु नगरपालिकामा पाँच वर्षीय बालक, कृष्णनगर नगरपालिकामा १५ वर्षीय किशोर, शुद्धोधन गाउँपालिकामा तीन वर्षीय बालिका र मायादेवी गाउँपालिकामा तीन वर्षीय बालकमा जापानिज इन्सेफ्लाइटिसको संक्रमण देखिएको छ। उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 

पोथी जातको क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट जापानिज इन्सेफ्लाइटिस रोग सर्ने चिकित्सकले बताएका छन्। 

जापानिज इन्सेफ्लाइटिस भाइरस भएका चराचुरुङ्गी, सुँगुर, बङ्गुर जस्ता जनावरलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा यो रोग सर्ने गरेको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .