ad ad

समाज


नवलपरासीमा जापानिज इन्सेफ्लाइटिसबाट एकजनाको मृत्यु

नवलपरासीमा जापानिज इन्सेफ्लाइटिसबाट एकजनाको मृत्यु

नेपालखबर
भदौ १९, २०८० मंगलबार १४:११, नवलपरासी पूर्व

नवलपरासी पूर्वमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु भएको छ। 

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँका अनुसार कावासोतीका–२ का ६६ वर्षीया एक महिलाको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको हो।  

बिरामी भएर भदौ ६ गते चितवनस्थित अस्पतालमा भर्ना भएकी उनकौ भदौ ७ गते मृत्यु भएको चापागाईंले जानकारी दिए। 

चालु आर्थिक वर्षमा जिल्लामा जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको यो पहिलो घटना हो। परीक्षण रिपोर्ट ढिलो गरी आउने हुँदा मृत्युपछि मात्र जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको उनले बताए।

गत आवमा नवलपुर ७ जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएकोमा पाँच जनाको मृत्यु भएको थियो। 

जापानिज इन्सेफ्लाइटिस पुष्टि भएका एक जनाको चितवनस्थित अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालय प्रमुख चापागाँईले बताए।  देवचुली नगरपालिकाकी १५ वर्षीया एक बालिकामा जापानिज इन्सेफ्लाइटिस देखिएको छ। उनको अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको चापागाईंले जानकारी दिए। 

सुस्तापूर्वका दुईवटा पालिकामा जापानिज इन्सेफ्लाइटिसका बिरामी पुष्टि भएपछि बिरामी भेटिएका स्थान वरपर अन्य केही व्यक्तिको रगत परीक्षणका लागि आज रगत सङ्कलन गरिँदै छ। त्यस क्षेत्र स्थान वरपर स्वाथ्य कार्यालको सक्रियतामा सचेतनामूलक कार्यक्रम समेत गरिँदैछ।  

जापानिज इन्सेपफ्लाइटिसबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नु र लामखुट्टे नियन्त्रण गर्नु नै मुख्य उपाय भएको स्वास्थ्यकर्मीहरुले बताएका छन्। यो रोग लागेका बिरामीमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, बेहोस हुने, बान्ता आउने, शरीर काप्ने जस्ता लक्षण देखिन्छन्। 

अबको केही महिना जापानिज इन्सेपफ्लाइटिसको जोखिम धेरै हुने भएकाले लामखुट्टेको टोकाइबाट बच्न विशेष ध्यान पु¥याउनुपर्ने कार्यालय प्रमुख चापागाँईले बताए। सन् १९७८ मा रूपन्देही जिल्लामा पहिलो पटक यो रोग देखिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .