ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरको दर्शन गरेर फर्कने क्रममा एक नाबालकको मृत्यु भएको छ।
पाँचथरको हिलिहाङ गाउँपालिका २ बस्ने हरि श्रेष्ठका तीन वर्षीय छोरा सोहन श्रेष्ठको उपचारका क्रममा जिल्ला अस्पताल ताप्लेजुङमा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार, सोमबार बिहान १०ः३० बजे फुङलिङ नगरपालिका वडा १० स्थित पाथिभरा मन्दिरको दर्शन गरी फर्कने क्रममा बालक अचानक बिरामी परेका थिए। उनलाई लगातार बान्ता भएपछि तत्काल उपचारका लागि जिल्ला अस्पताल पु¥याइएको थियो। अस्पतालमा उपचारकै क्रममा दिउँसो १५ः२० बजे उनको निधन भएको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा थप कानुनी प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी एवं प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए।
यसैबीच, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पाथिभरा दर्शनका लागि जाने श्रद्धालुहरूलाई स्वास्थ्य सम्बन्धी कुनै पनि समस्या आएमा तुरुन्त मन्दिर परिसरमा रहेका सुरक्षाकर्मी, ठुलोफेदीमा रहेको स्वास्थ्य संस्था वा काफ्लेपाटीस्थित पर्यटक प्रहरी सहायता कक्षमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ।
9
Shares

प्रतिक्रिया