मोटरसाइकल चोरेको आरोपमा प्रहरीले मोटरसाइकलसहित एक युवकलाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, नुवाकोटको ककनी गाउँपालिका-१ घर भई हाल काठमाडौँको लोलाङमा बस्ने २० वर्षीय निखिल बलामीलाई पक्राउ गरिएको हो। सोमबार काठमाडौँ-१६ बाईपासबाट उनलाई पक्राउ गरिएको हो।
उनले बागमती प्रदेश ०२-०२८ प ८४०८ नम्बरको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०३९ प ९४५४ नम्बर राखेर चलाउने गरेको पाइएको छ। उनले चलाएको मोटरसाइकल ललितपुरको गोदावरी नगरपालिका-१० बोहोराटारका जयराम केसीको भएको प्रहरीले जनाएको छ।
केसीले बोहोराटारबाट मोटराइकल हराएको भनेर काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए। त्यसकै आधारमा खोजतालस गर्ने क्रममा मोटरसाइकलसहित निखिललाई पक्राउ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
Shares

प्रतिक्रिया