जेन–जी २.० राष्ट्रिय अभियानले सहिदहरूको स्मृतिमा मौनधारण कार्यक्रम आयोजना गर्ने भएको छ।
आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर गृहमन्त्री ओमप्रकाश अर्याललाई माइतीघरमा हुने उक्त कार्यक्रममा निमन्त्रणा गरेको हो। उनीहरूले हालका राष्ट्रिय शैक्षिक स्वास्थ्य, उर्जा, युवासम्बन्धी मुद्दा तत्काल सम्बोधन गर्न पनि माग गरेका छन्।
सरकारका प्रतिनिधिहरूको उपस्थितिले युवाहरूको मनोबल बढाउने, सहिदको सपनामा सरकारको प्रतिवद्धता झल्काउने उनीहरूको ठहर छ। कार्यक्रममा सरकारका सबै मन्त्रीहरूलाई बोलाउने कार्यक्रम रहेको अभियानले जनाएको छ।
भदौ २३ गतेको घटनाका दोषीहरूलाई कारबाही हुनुपर्ने माग गरिएको उनीहरूले बताए। २३ गतेका अपराधीहरूलाई समातेपछि मात्रै २४ गतेको आगजनी, तोडफोड गर्नेहरूलाई समात्न आग्रह गरेको उनीहरूले बताए। जेन–जी नै अहिलेको सरकारको पर्खाल भएको उनीहरूको दाबी छ।
Shares

प्रतिक्रिया