सुत्केरी हुने क्रममा स्वास्थ्य अवस्था जटिल भएपछि सङ्खुवासभाको मकालु गाउँपालिका–३ की २९ वर्षीया सीता तामाङको हवाई उद्धार गरिएको छ।
पाथिभरा स्वास्थ्य चौकीमा सुत्केरी हुन पुगेकी उनीको स्वास्थ्य अवस्था जटिल भएपछि आज बिहान नेपाली सेनाको हेलिकप्टर मार्फत् विराटनगरस्थित कोशी अस्पतालमा लगिएको हो।
आइतबार बेलुका उनी सो चौकीमा गएकी थिइन्। स्वास्थ्यकर्मीले उनीको परीक्षणका क्रममा नवजात शिशुका अवस्था जटिल देखिएको जनाउँदै तत्काल ‘रिफर’ गरेका थिए।
प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार आज बिहान मकालु–३ सिम्मास्थित शोभा आधारभूत विद्यालयको मैदानबाट हेलिकप्टरमार्फत गर्भवती तामाङको उद्धार गरिएको हो।
‘समयमै हवाई उद्धार हुँदा गर्भवतीको ज्यान जोगिएको हो,’ उनले भने। राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत तामाङलाई विराटनगरस्थित कोशी अस्पताल पु¥याइएको हो। रासस
Shares

प्रतिक्रिया