कारोबार


दसैँका लागि राष्ट्र बैंकले दिन थाल्यो सुकिला नोट

दसैँका लागि राष्ट्र बैंकले दिन थाल्यो सुकिला नोट

फाइल तस्बिर


नेपालखबर
भदौ २९, २०८२ आइतबार १४:१०, काठमाडौँ

राष्ट्र बैंकले आजदेखि दसैँका लागि सुकिला नोट सटही गर्न सुरु गरेको छ।  

आगामी असोज १० गतेसम्म सुकिला नोट सटही सुविधा जारी रहने राष्ट्र बैंकले जनाएको छ। 

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशक कार्यालयबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैंकका सहप्रवक्ता सुमन न्यौपानेले जानकारी दिए। 

ग्राहकले ५, १०, २०, ५० र एक सय दरका एकएक बण्डल नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ। 

त्यसैगरि राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्षका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुमा पनि सर्वसाधारण तथा वित्तीय संघसंस्थाले सुकिला नोट सटही सुविधा प्राप्त गर्ने राष्ट्र बैंकलेले जारी गरेको सूचनामा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad