समाज


झापामा चट्याङ लागेर २ जना घाइते, एउटा गाई मर्‍यो

झापामा चट्याङ लागेर २ जना घाइते, एउटा गाई मर्‍यो

नेपालखबर
जेठ २९, २०८२ बिहिबार ७:२०, झापा

झापामा चट्याङ लागेर दुईजना घाइते भएका छन्। चट्याङबाट एउटा गाई मरेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार बुधबार साँझ बुद्धशान्ति गाउँपालिका ४ सट्टाभर्नामा चट्याङ पर्दा ६० वर्षीय पुन्य पौडेल घाइते भएका छन्। 

आफ्नै गाई गोठमा काम गरिरहेकाे बेला  हावा हुरिसँगै परेको चट्याङ लागेर घाइते भएका उनको अहिले बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ। 

चट्याङबाट दुबै आँखा र दाहिने हातमा चोट लागेका उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। 

त्यसैगरि गएराति नै परेको चट्याङले लागेर झापाकै शिवसताक्षीमा  पनि एक महिला घाइते भएकी छन्।  

चट्याङबाट शिवसताक्षी नगरपालिका- ७ टेक्रा निवासी ४४ वर्षीया डम्बर कुमारी भुजेल घाइते भएकी हुन्। 

गोठमा परेको चट्याङले लागेर उनको एउटा गाई मरहेको छ। भुजेलको हाल स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad