विवाह गर्छु भन्दै १७ वर्षीया किशोरीलाई पटकपटक करणी गरेको आरोपमा संखुवासभा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पाँचखपन नगरपालिका-१ कुसुवाका २१ बर्षीय सोमकुमार तामाङ रहेका जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।
तामाङले ‘तिमीसँग विवाह गर्छु’ भन्दै ललाइफकाई झुक्यानमा पारेर किशोरीलाई पटकपटक जबरजस्ती करणी गरेको आरोप छ।
किशोरीको उजुरीको आधारमा पक्राउ परेका तामाङलाई संखुवासभा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए।
1.2k
Shares

प्रतिक्रिया