समाज


२ वटा ट्रकमा राखिएको १६३६ किलो गाँजासहित २ युवक पक्राउ

२ वटा ट्रकमा राखिएको १६३६ किलो गाँजासहित २ युवक पक्राउ

सुमन सुस्केरा
चैत ९, २०८१ शनिबार ९:९, विराटनगर

झापाबाट सशस्त्र प्रहरीले एक हजार ६ सय ३६ किलो गाँजासहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ।

बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट सशस्त्र प्रहरीले एक हजार ६ सय ३६ किलो गाँजासहित दुईवट ट्रक  नियन्त्रणमा लिएको हो।

इलामबाट झापातर्फ आउँदै  गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनी ट्रकलाई सशस्त्र प्रहरीले चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको हो।  

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल  १ नम्बर  बराह बाहिनी मुख्यालयबाट  सशस्त्र प्रहरी उपरीक्षक विक्रम होमागाईको कमान्डमा खटिएको  विशेष  टोली र नं। २ गण झापा  सुरक्षा वेशबाट खटिएको संयुक्त सुरक्षा फौज जाँचका क्रममा ५७ बोरा गाँजा बरामद गरेको हो। 

गाँजा सहित धनकुटाको शहिदभूमी नगरपालिका–४ बस्ने महेश राई र इलामको माई जोगाई गाउँपालिका–२ बस्ने ३७ वर्षीय गंगा बहादुर बस्नेतलाईसमेत नियन्त्रणमा लिएको होमागाईले बताए।

उनीहरूको साथबाट नेपाली ८७ हजार ८ सय ८० रुपैयाँ र ५ थान मोबाइल सेटसमेत बरामद भएको सशस्त्रले जनाएको छ। उनीहरुलाई गाँजा तथा ट्रकसहित सशस्त्र प्रहरीले आवश्यक कारवाहीको लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad