पाँचथरमा जिप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घटनामा अन्य दुईजना युवक घाइते भएका प्रहरीले जनाएको छ।
हिलिहाङ गाउँपालिका–१ अमरपुरस्थित माङसेवा बोर्डिङ स्कुलका विद्यार्थीलाई घर पुर्याएर फर्किँदै गरेको मे १ ज ३०७३ नम्बरको बोलेरो बुधबार साँझ अमरपुरमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा हिलिहाङ–१ का ३५ वर्षीय हेमराज योगीको मत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाँचथर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।
योगीको शव पोष्टमार्टमका लागि पाँचथर अस्पतालमा राखिएको छ। दुर्घटनामा हिलिहाङ–१ का २६ वर्षीय बिनोद तामाङ र २० वर्षीय मनिष लिङ्देन घाइते भएका प्रहरीले जनाएको छ।
घाइतेमध्ये गम्भीर अवस्थाका तामाङलाई थप उपचाको लागि राति नै झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको छ। बोलेरोका चालक १९ वर्षका समिर खातीलाई प्रहरीले पक्राउ गरेको छ।
Shares

प्रतिक्रिया