सिन्धुलीमा रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ।
दुधौली नगरपालिका–१४ बाँसबोटे घर भएका ६५ वर्षीय यमबहादुर सुनुवारको बुधबार रुखबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
बुधबार बिहान सुनुवार घाँस झार्नको लागि आफ्नै घरछेउमा रहेको बडहरको रुखमा चढेका थिए।
अचानक रुखबाट खस्दा गम्भीर घाइते भएका सुनुवारलाई उपचारका लागि उदयपुरको कटारी नगर अस्पताल लगिएको थियो।
उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीउपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए।
279
Shares

प्रतिक्रिया