समाज


झापामा मोटरसाइकल डाइभर्सनमा ठोकिँदा ५० वर्षका पुरुषको मृत्यु

झापामा मोटरसाइकल डाइभर्सनमा ठोकिँदा ५० वर्षका पुरुषको मृत्यु

नेपालखबर
माघ २१, २०८१ सोमबार १३:११, झापा

झापामा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाएको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गमा पर्ने कनकाई नगरपालिका–१ जुके कल्भर्टमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको हो। 

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको मे४प ९५० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई डाइभर्सनमा ठोक्किँदा झापा गाउँपालिका–६ शरणामतीका ५० वर्षीय हरिप्रसाद सिटौलाको मृत्यु भएको हो। 

टाउको र निधारमा चोट लागेर गम्भीर घाइते भएका सिटौलालाई उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल पठाइएको थियो। 

अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad