समाज


झापामा मोटरसाइकल दुर्घटना हुँदा २ युवतीसहित ३ जनाको मृत्यु

झापामा मोटरसाइकल दुर्घटना हुँदा २ युवतीसहित ३ जनाको मृत्यु

नेपालखबर
पुस १, २०८१ सोमबार ८:२६, काठमाडौँ

झापामा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई युवतीसहित तीन जनाको मृत्यु भएको छ। 

दुई छुट्टाछुट्टै स्थानमा भएका मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। दुर्घटनामा दुईजना घाइते भएका छन्।

दमक नगरपालिका-१० को सेतुमारी चोकबाट प्रदेश न १-०१-०१५ प १७९३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए। 

सो दुर्घटनामा मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका-८ घर भएका २७ वर्षीय बिराज थापा, मोटरसाइकलको पछाडि सवार झापाको गौरादह नगरपालिका- ५ कि ३२ वर्षीया जमुना धिमाल र सोही ठाउँ बस्ने २५ वर्षीया मनचरी भनिने ओमकुमारी राई घाइते भएका थिए।

दमक अस्पतालमा उपचारको क्रममा दुवै महिलाको मृत्यु भएको प्रहरीले जनाएकोछ। दुर्घटनामा मोटरसाइकल चालक थापा पनि गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको छ।

त्यसैगरी पूर्वपश्चिम राजमार्गअन्तर्गत शिवसताक्षीमा ट्याक्टरको पछाडि मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ।

शिवसताक्षी नगरपालिका-१० किरात चोकस्थि पूर्वपश्चिम राजमार्गमा रोकेर राखेको को २ त ४१४५ नम्बरको ट्रयाक्टरको पछाडि मे ९ प ६२४ नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक झापाकै मेचीनगर नगरपालिका -५ का ४२ वर्षीय सन्तोषकुमार लिम्बूको मृत्यु भएको हो। 

मोटरसाइकलको पछाडी सवार दमक नगरपालिका-५ की ३५ वर्षीया अनिता राई घाइते भएकी छन्। उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ। दुर्घटनापछि प्रहरीले ट्याक्टर चालकलाई पक्राउ गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad