पाँचथरमा झरना क्षेत्रमा घुम्न गएका एक किशोरको चिप्लिएर लड्दा मृत्यु भएको छ।
पाँचथरको फालेलुङ-६ को मुवा झरना क्षेत्र घुम्न गएका फिदिम- २ का १८ वर्षीय एल्सन मगरको सोमबार साँझ चिप्लिएर लड्दा मृत्यु भएको हो।
मगरसँगै झगना क्षेत्रमा घुम्न गएका फिदिम- ११ का सुदीप आङ्वो, फिदिम-२ का राजन फागो र फिदिम-११ का विशाल विश्वकर्मा पनि मगरसँगै चिप्लिएका थिए। तर, उनीहरु घाइते मात्रै भएका छन्।
घाइते फागो र विश्वकर्माको पाँचथर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
चार युवकसँगै बसेर फोटो खेल्ने क्रममा चारैजना चिप्लेर लडेका थिए। गम्भीर घाइते एल्सनलाई सुरुमा उपचारको लागि पाँचथर अस्पताल लगिएको थियो।
पाँचथरमा उपचार सम्भव नभएपछि थप उपचारको लागि झापातर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
Shares

प्रतिक्रिया