२४ वर्षपछि भारतको उडिसा राज्यको राजनीतिमा ठूलो परिवर्तन आउने भएको छ। यो राज्यमा पहिलो पटक भाजपाको सरकार बन्ने देखिएको हो।
यससँगै २४ वर्षदेखि लगातार मुख्यमन्त्री रहेका नवीन पटनायकको शासन समाप्त हुने भएको छ।
विधानसभाका १४७ सिटमध्ये पछिल्लो अपडेटअनुसार भाजपा ७४ सिटमा अगाडि देखिएको छ।
अघिल्लो चुनावमा यहाँ पटनायकको बीजेडीले ११३ सिट जितेको थियो। भाजपाले मात्र २३ सिट हात पारेको थियो।
यसपालि बीजेडी ५७ सिटमा अगाडि छ।
पटनायकले पहिलो पटक ५ मार्च २००० मा मुख्यमन्त्रीको शपथ लिएका थिए।
1.1k
Shares

प्रतिक्रिया