ad ad

समाज


अन्तरजातीय विवाह गर्ने १५ जोडी सम्मानित

अन्तरजातीय विवाह गर्ने १५ जोडी सम्मानित

नेपालखबर
जेठ ११, २०८१ शुक्रबार ७:२१, मोरङ

मोरङमा अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई सम्मान गरिएको छ। 

जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ पारित भएको १४ वर्ष पुगेको सन्दर्भमा नेकपा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाले बिहीबार बेलबारीमा आयोजना गरेको कार्यक्रममा अन्तर्जातीय विवाह गर्ने १५ जोडी दम्पतीलाई सम्मान गरिएको हो। 

कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव एवं कोसी प्रदेस इन्चार्ज हरिबोल गजुरेलले अन्तरजातीय विवाह गर्ने १५ जोडी दम्पत्तीलाई प्रशंसापत्रसहित सम्मान गरे। 

‘अन्तरजातीय विवाह सम्मान तथा नयाँ संस्कृति निर्माणको बहस’ नाम दिइएको उक्त कार्यक्रममा बोल्दै नेता गजुरेलले अन्तरजातीय विवाह गर्ने जोडीले सामाजिक परिवर्तन र राष्ट्रिय एकतामा महत्त्वपूर्ण योगदान पुर्याउने बताए। 

त्यसक्रममा उनले आफूले व्यक्तिगतरुपमा मृत्यु संस्कारको बेला परंपरागत संस्कृत अवलम्बन नगरे पनि विवाहको सन्दर्भमा भने विद्रोह गर्न नसकेको बताए। 

 ‘मैले पनि त्यतिबेला अन्तरजातीय विवाह गर्ने हिम्मत गरेको भए पछिल्लो पुस्तालाई जातीय छुवाछूतविरुद्ध विद्रोह गर्न सजिलो पर्ने थियो,’ उनले भने,  ‘राजनीतिदेखि सबै सामाजिक मुद्दाहरुमा सँधै ठिक र सत्यको पक्षमा दृढतापूर्वक उभिने संकल्न हामीले गर्न सक्नुपर्छ।’ 

कार्यक्रममा संविधान सभा सदस्य तथा दलित अधिकारकर्मी विनोद पहाडीले सम्मानित अन्तजारतीय जोडीहरुलाई बधाइ ज्ञापन गरे। उनले नवराज विक र अंगीरा पासीको क्रुरतापूर्वक हत्या भएकै दिन अन्तरजातीय जोडी सम्मान कार्यक्रम आयोजना गरी पूर्वले सही सन्देश दिएको भन्दै खुसी पनि व्यक्त गरे। 

अभिनन्दित दम्पतीको तर्फबाट बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज निर्मल बरालले सामाजिक अन्तरघुलनको माध्यमले मात्र अछुत बनाइएको ठूलो मानव समूहलाई सामाजिक मूलधारमा ल्याइ मानताकै कलंकको रुपमा रहेको जातीय छुवाछूत र भेदभावलाई अन्त्य गर्न सकिने बताए। 

 ‘अन्तरघुलन र सहकार्यको निम्ति आर्थिक, राजनीतिक, शैक्षिक, सामाजिक रुपमा पछि पारिएको समूदायलाई अघि बढाउन संवैधानिक व्यवस्था अनुरुप कानुन निर्माण गरी कडाइका साथ कार्यान्वयन गर्नुपर्छ,’ उनले भने,  ‘तीनै तहका सरकारले नीति, योजना र बजेटमार्फत् दलित समुदायलाई अघि बढाउने कार्यक्रम ल्याउनुपर्छ।’ 

कार्यक्रममा अभिनन्दित जोडीहरुको तर्फबाट संविधान सभा सदस्य अनिता परियार, अरुण सुन्दास, भावना ढकाल, कविता नेपाल र सरीता बराइलीले अन्तरजातीय विवाह सम्बन्धी आफ्ना अनुभूतिहरु सुनाएका थिए। 

कार्यक्रम आयोजक संस्थाको तर्फबाट दलित मुक्ति मोर्चा मोरडका अध्यक्ष गोपाल नेपाली कार्यपत्र प्रस्तुत गरेका थिए। त्यसक्रममा उनले गएको १४ वर्षमा देशभर जातीय विभेदका घटनामा ४६ जनाको हत्या भएको बताए। 

 ‘४० घटनामध्ये १९ वटा घटनामा २५ जनाको हत्या अन्तरजातीय प्रेम विवाह र विवाहको कारणबाट भएको छ,’ उनले भने। कार्यक्रम नेपालीकै अध्यक्षतामा भएको थियो। 

यी हुन् सम्मानित हनुे १५ जोडी 

१. निर्मल बराल - अनिता परियार, इटहरी, सुनसरी
२. अरुण सुन्दास - भावना ढकाल, सुन्दरहरैचा, मोरङ
३. हुकुम सिंह नेपाली -अनुसा अधिकारी, गौरादह, झापा
४. छविलाल विश्वकर्मा-सीता ढुंगाना, विर्तामोड, झापा
५. विरु दर्नाल -जुनिता घले, विर्तामोड, झापा
६. पर्वत पोर्तेल-कविता नेपाल, काकडभिट्टा, झापा
७. गणेश लम्साल -कमला घतानी, बूढीगंगा, मोरङ
८. वेदनिधि कार्की डोली-कविता काफ्ले, सुन्दरहरैचा, मोरङ
९. कुमार मिजार- तुलशाकुमारी थापा, सुन्दरहरैचा, मोरङ
१०. विनोद कुमार दर्नाल-सिर्जना लिम्बु, मिक्लाजुङ, मोरङ
११.अर्जुन ऋषिदेव- सुमन =कुमारी दास, सुनवर्षी, मोरङ 
१२. सम्झना मते दिपक विश्वकर्मा, पथरीशनिश्चरे मोरङ
१३. सरिता बराइली-गौरब नारायण राई, धनकुटा 
१४. श्याम नेपाली-कुन्ता रसाइली, बेलवारी, मोरङ
१५. रमेश नेपाली-अञ्जु धिमाल, मिक्लाजुङ, मोरङ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .