ad ad

समाज


गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएपछि अस्पताल भवन भत्काइयो

गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएपछि अस्पताल भवन भत्काइयो

नेपालखबर
पुस १८, २०८० बुधबार ६:६, खोटाङ

खोटाङको जन्तेढुंगा गाउँपालिकाले वडा नं ५ चिसापानीमा निर्माणाधीन अस्पताल भवनमा गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइएपछि संरचना भत्काउन निर्माण कम्पनीलाई निर्देशन दिएको छ।

निर्माणाधीन १५ शय्याको अस्पताल भवनको जगमा गुणस्तरहीन गिटी र बालुवा प्रयोग गरेको अनुगमनका क्रममा पाइएको भन्दै गाउँ कार्यपालिकाको मंगलबारको बैठकले संरचना भत्काएर फेरि काम गर्न निर्देशन दिएको हो।

जग सम्याएर पिलर ठड्याउने क्रममा गुणस्तरहीन काम भएको स्थानीयले गुनासो गरेपछि अनुगमन गरिएको र गुणस्तरहीन काम भएको निष्कर्षसहित भत्काउन निर्देशन दिइएको गाउँपालिका प्रमुख अरूणादेवी राईले जानकारी दिइन्।

‘करिब दुई वर्षअघि निर्माण सम्पन्न गर्नुपर्ने अस्पताल भवनको हालै पिलर ठड्याउने काम हुँदै थियो। ठेकेदारको लापरबाहीले गुणस्तरहीन संरचना निर्माण भइरहेको रहेछ। गाउँपालिका कार्यपालिकाको बैठक नै बसेर भत्काउन निर्देशन दिएका हौं,’ अध्यक्ष राईले भनिन्, ‘निर्देशनलगत्तै कम्पनीले निर्माण भत्काउन थालेको छ। गुणस्तरमा लापरबाही गर्ने ठेकेदारलाई निगरानीमा राखेका छौं।’

निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन २०७९ असार २८ गतेभित्र निर्माण सम्पन्न गरिसक्ने गरी २०७८ असार २५ गते ड्रागन–रियर जेभीले ठेक्का सम्झौता गरेको थियो।

निर्माण कम्पनीले अस्पताल भवनको काम सिद्धगढी निर्माण कम्पनीलाई पेटी ठेक्कामा दिएको जनाएको छ। अस्पताल भवन निर्माणका लागि कुल २० करोड ७१ हजार पाँच सय ९० रूपैयाँमा सम्झौता भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .