समाज


संखुवासाभामा अरुण नदी थुनियो, खुलाउने प्रयास जारी

संखुवासाभामा अरुण नदी थुनियो, खुलाउने प्रयास जारी

पहिरोले थुनिएपछि अरुणमा अहिले पानीको बहाव घटेको छ। तस्बिर : मेगराज तामाङ/संखुवासभा


नेपालखबर
बैशाख १७, २०८० आइतबार १२:३५, काठमाडौँ

निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनास्थल संखुवासभाको फाक्सिन्दामा सुक्खा पहिरो खसेको छ।

भारतीय कम्पनीले निर्माण गरिरहेको अरुण ३ जलविद्युत् आयोजनास्थलमा पहिरो खस्दा अरुण नदीको बहाव थुनिएको हो।

आइतबार बिहानैदेखि सुक्खा पहिरो खसिरहेकाले डाइभर्सन गरेर नदी खुलाउने प्रयास भइरहेको बताइएको छ। अरुण थुनिँदा जलविद्युत् निर्माणस्थलमा ड्यामसाइडको काम पनि रोकिएको छ। 

निर्माणस्थलमा निर्मित टनेल थुनिएपछि अहिले निर्माण पक्षले ड्यामसाइडबाट नदीको पानी खुलाउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारले बताए।

पहिरो लगातार झरिरहकाले नियमित मार्गबाट नदीको बहाव खुलाउन अझै केही घण्टा लाग्ने उनले बताए।

नदी थुनिए पनि अवस्था खतरापूर्ण नरहेको प्रहरीले जनाएको छ। अहिले प्रहरीको टोली पनि घटनास्थलमा पुगिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .