समाज


घाँस काट्न गएका हरिबहादुरको लडेर ज्यान गयो

घाँस काट्न गएका हरिबहादुरको लडेर ज्यान गयो

नेपालखबर
साउन २१, २०८२ बुधबार १६:२८, सुर्खेत

जाजरकोटमा घाँस काट्न गएको बेला भीरबाट लडेर एक किशोरको मृत्यु भएको छ। नलगाड नगरपालिका–१०, ध्यारगाउँका १७ वर्षीय हरिबहादुर विकको बुधबार बिहान मृत्यु भएको हो। 

नलगाड नगरपालिकाका उपप्रमुख देवका लामिछानेले घाँस काट्न भीरमा गएका विकको लडेर घटनास्थलमै मत्यु भएको जानकारी दिइन्। 

उनका अनुसार सोही स्थानमा पाँच दिन अगाडि मात्रै एक महिलाको लडेर मृत्यु भएको थियो। 

दुई सातामा नलगाड नगरपालिकामा रुख र भीरबाट लडेर तथा नदीमा बगेर १० जनाको मृत्यु भएको उपप्रमुख लामिछानेको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad