समाज


टिपरसँगै भेरी नदीमा बेपत्ता ३ युवाको शव भेटियो

टिपरसँगै भेरी नदीमा बेपत्ता ३ युवाको शव भेटियो

नेपालखबर
साउन १२, २०८२ सोमबार ८:४४, सुर्खेत

गत साता टिपर दुर्घटनामा हुँदा भेरी नदीमा बेपत्ता भएका तीनजना युवकको शव फेला परेको छ। 

गत मगलबार (साउन ६ गते) रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१४ पिपलचौरमा रा १ क १५०१ नम्बरको टिपर दुर्घटना भएर ठूलीभेरी नदिमा खस्दा तीनजना बेपत्ता भएका थिए। 

दुर्घटनामा रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–३ निवासी ३३ वर्षीय धनवीर बिक, दाङका ४१ वर्षीय मनिराम चौधरी र रुकुम पूर्वको सिस्ने गाउँपालिका –८ स्यालापाखाका २० वर्षीय हरि विक बेपत्ता भएका थिए। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनीहरुको शव सुर्खेतमा फेला परेको हो। 

टिपर चालक मनिराम र जेसिभि हेल्पर हरिको शव केहि दिन अघि सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ खोचीस्थित भेरीनदी किनारमा फेला परेको हो भने शनवीरको शव आइतबार फेला परेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार यति बिल्डर्स प्रालिमा जेसिभि अपरेटर पदमा कार्यरत धनवीको शव सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदी किनारमा आइतबार बेलुका फेला परेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad